शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

आजपा र समाजवादी जनएकता पार्टीबीच एकता

काठमाडौं, १५ वैशाख । आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच एकता भएको छ । शनिबार एक कार्यक्रमका बीच दुई पार्टीमा एकता भएको हो । एकतापछि पार्टीको नाम...

आचारसंहिता उल्लंघन गरेपछि रास्वपा उम्मेदवार मिलनमाथि कारबाही गर्दै आयोग

काठमाडौं, १५ वैशाख । इलाम-२ मा रास्वपाबाट उम्मेदवार बन्नुभएका मिलन लिम्बूले निर्वाचन आचारसंहिता उल्लंघन गर्नुभएको छ । लिम्बूले मतदान गर्न जाँदा पार्टीको चुनाव चिन्ह अंकित ब्याज लगाएर गएपछि आचारसंहिता उलंघन भएको हो । उहाँले कोटबाहिर स्पष्ट देखिनेगरी रास्वपाको चुनाव...

काठमाडौं महानगरको कार्यालय समय अब बिहान ९ बजेदेखि

काठमाडौं, १५ वैशाख । काठमाडौं महानगरपालिकाले आजबाट बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गरेको छ । सेवा सहजताका लागि १ विहान १ घण्टा अगाडि कार्यालय सञ्चालन थालिएको हो । यो सेवा महानगरपालिकाका सबै विभाग, वडा, सचिवालय, आयोजनासमेतका कार्यालयको हकमा लागू...

इलाममा ४२ र बझाङमा ३५ प्रतिशत मतदान (अपडेट)

काठमाडौं, १५ वैशाख । इलाम-२ र बझाङमा उपनिर्वाचनको मतदान जारी रहेको छ । अहिलेसम्म इलाम-२ मा ४२ प्रतिशत मतदान भएको छ भने...

‘नेपालमा उत्पादित चिया गुणस्तरमा अब्बल छ, विश्व बजारमा फैलाउन जरुरी’

काठमाडौं, १५ वैशाख । कृषि, पशुपन्छी विकास मन्त्री ज्वालाकुमार शाहले नेपालमा उत्पादित चिया विश्व बजारमा फैलिदै गएको बताउनुभएको छ । शनिबार २८औं...

बाल अधिकारको क्षेत्रमा सरकारको बलियो उपस्थिति आवश्यक छ : मन्त्री चौधरी

ललितपुर, १५ वैशाख । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले राष्ट्रिय बाल अधिकार परिषद्को संरचनागत सुधारका लागि निर्देशन दिनुभएको छ ।...

आयोगमा बसेर उपनिर्वाचन नियाल्दै प्रमुख आयुक्त थपलिया

काठमाडौं, १५ वैशाख । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले इलाम र बझाङमा शान्तिपूर्ण रुपमा मतदान जारी रहेको बताउनुभएको छ । प्रमुख आयुक्त...

छुट्टाछुट्टै घटनामा सर्लाहीमा २ जनाको मृत्यु

सर्लाही, १५ वैशाख । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित मकै बारीमा एक युवक मृत फेला परेका छन् । आज बिहान ब्रह्मपुरी गाउँपालिका–२ निवासी अन्दाजी १८ वर्षीय अरविन यादव मृत फेला परेका हुन् । बिहान स्थानीयले मकैबारीमा शव देखेपछि प्रहरीलाई खबर गरेका...
सिफारिस

एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा अर्जुन खनिया

काठमाडौं, १५ वैशाख । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत रहनुभएका अर्जुनराज खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको छ । सन् २००४ देखि बैंकिङ क्षेत्रमा प्रवेश गर्नुभएका खनियाले बैंकका विभिन्न शाखाहरु, विभागहरु एवम् इकोसिस्टमहरुमा काम...

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं, १५ वैशाख । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी...

सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने आइएमई सम्मानित

काठमाडौं, १४ वैशाख । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउने आइएमई लिमिटेड सम्मानित भएको छ । नेपाल राष्ट्र बैंकले आफ्नो ६९औँ वार्षिकोत्सवको अवसरमा आर्थिक...

सिडी विजय अघिकारीको ‘जीवनको रेल’मा दिपेन्द्रराज र अलिसा

काठमाडौं, १५ वैशाख । गायक सिडी विजय अधिकारीको मर्मस्पर्षी गीत ‘जीवनको रेल’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम वियोगको कथाले भरिएको माया प्रेम अनि धोकाले भरिपूर्ण जीवनको रेल बोलको सार्वजनिक गीतमा आफूलाई भन्दा बढी माया गरेकी पत्नीले...

वेस्ट इन्डिज ‘ए’विरुद्ध कप्तान रोहित पौडेलको शानदार शतक

काठमाडौं, १५ वैशाख । नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले शतक प्रहार गरेका छन् । टियु मैदानमा जारी खेलमा पौडेलले ४७ बल खेल्दै १ सय १ रन बनाएका हुन् । वेस्ट इन्डिज ‘ए’ले दिएको...

बेलायती राजा चार्ल्स तृतीय छिट्टै सार्वजनिक जीवनमा फर्किदै

काठमाडौं, १५ वैशाख । बेलायतका राजा चार्ल्स तृतीय आफ्नो जिम्मेवारी पूरा गर्न चाँडै सार्वजनिक जीवनमा फर्कने तयारीमा हुनुहुन्छ । यस वर्षको सुरुमा उहाँलाई क्यान्सर भएको पत्ता लागेपछि उहाँको स्वास्थ्यमा...