बिहीबार, १३ असार २०८१
DainikNepal.com
बिहीबार, १३ असार २०८१

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

दैनिक नेपाल २०८१ असार ७ गते ७:११

काठमाडौं, ७ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंककाअनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्रीदर १३४ रुपैयाँ १५ पैसा रहेको छ । बिहीबार डलर एकको खरिददर १३३ रुपैयाँ २४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८४ पैसा रहेको थियो ।

यस्तै, युरो एकको खरिददर १४३ रुपैयाँ २८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९२ पैसा रहेको छ । बिहीबार युरो एकको खरिददर १४३ रुपैयाँ २३ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८८ पैसाले कारोबार भएको थियो ।

आज, बेलायती पाउण्ड एकको खरिददर १६९ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७० रुपैयाँ २४ पैसा रहेको छ । बिहीबार पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ६१ पैसा र बिक्री दर १७० रुपैयाँ ३७ पैसाले कारोबार भएको थियो ।

त्यस्तै, आज अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रीदर ८९ रुपैयाँ ५२ पैसा रहेको छ । बिहीबार अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्रीदर ८९ रुपैयाँ २८ पैसा रहेको थियो ।

त्यस्तै, कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७९ पैसामा तोकिएको छ । बिहीबार रियाल एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसामा कारोबार भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित