17 April, 2014   |    | 
Kathmandu, Nepal Min:16°C , Max:20°C

Dainik Nepal

कोरिया जाने नेपालीलाई नयाँ नियम

कोरिया जाने नेपालीलाई नयाँ नियम
January 27
18:45 2014

काठमाडौँ, १३ माघ । गणतन्त्र कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत श्रम करार प्राप्त गरी कोरिया जाने सम्पूर्ण नेपाली श्रमिकले आफ्नो मुलुकमा बैंक खाता खोल्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ ।

कोरियाले यही माघ १८ गतेदेखि लागू हुने गरेको नयाँ व्यवस्थाअनुसार रोजगारीका निम्ति कोरिया जाने नेपालीले आफ्नो देशमा आफ्नै नाममा बैंक खाता खोलेर त्यसको विवरण यहाँस्थित इपिएस कार्यालयमा बुझाउनुपर्ने नयाँ नियम जारी गरेको हो । कोरियाली सरकारले श्रम तथा रोजगार मन्त्रालयलाई उक्त व्यवस्था गर्न र कामदारले उपलब्ध गराएको विवरण कोरिया पठाउन गरेको अनुरोधअनुसार नेपाली श्रमिकले नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त ‘क’ वर्गको वाणिज्य बैंकमा खाता खोल्नुपर्नेछ ।

श्रम सम्झौताको अवधि समाप्त भई स्वदेश फर्कने बेलामा सम्बन्धित कामदारले नियमानुसार प्राप्त गर्ने ‘फिर्ता प्रत्याभूति बिमा’ सम्बन्धित कामदारलाई सहज रुपमा उपलब्ध गराउने उद्देश्यले बैंक खाता अनिवार्य गरिएको श्रम विभाग, इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले बताउनुभयो ।

कोरियाबाट सम्बन्धित कामदार स्वदेश फर्केको १४ दिनभित्र बिमा रकम सोही खातामार्फत भुक्तानी दिने व्यवस्था कोरियाले गरेको बताउँदै उहाँले कोरियामा काम गरेर फर्केका र पुनः जानेहरूले पनि खाता खोल्नुपर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “माघ १८ पछि कोरिया जाने सबै श्रमिकले अनिवार्यरुपमा बैंक खाता खोल्नुपर्नेछ र त्यसो गरेको प्रमाणस्वरुप चेकबुक, पासबुक वा बैंक स्टेटमेन्ट साथै लिएर प्रस्थान गर्नुपर्नेछ ।”

सरकार र गणतन्त्र कोरियाबीच सात वर्षअघि भएको समझदारीअनुसार इपिएस प्रणालीअन्तर्गत २१ हजारभन्दा बढी नेपाली कोरियामा काम गरिरहेको जानकारी दिँदै उहाँले त्यहाँ कार्यरत १५ देशका नागरिकमध्ये नेपाल पहिलो नम्बरमा रहेको बताउनुभयो ।

इपिएसअन्तर्गत हरेक कामदारले चार वर्ष १० महिना सेवा गर्नुपर्नेछ । उक्त अवधिमा रोजगारदाता कम्पनी परिवर्तन गर्न नपाइने कानुनी प्रावधान रहेको उल्लेख गर्दै निर्देशक शर्माले नेपालीको इमानदारी र लगनशीलताका कारण प्राप्त अवसरको भरपुर उपयोग गर्न र कसैको बहकाउमा आएर कम्पनी फेरबदल नगर्न उहाँले सम्बद्ध सबैलाई आग्रह गर्नुभयो ।

कम्पनी परिवर्तन नगरी एउटै कम्पनीमा काम गर्ने कामदारको करार अवधि समाप्त हुनु अगावै पुनः चार वर्ष १० महिना प्रतिबद्ध कामदारका रुपमा सोही कम्पनीमा काम गर्न पाइने व्यवस्था पनि कोरिया सरकारले गरेकाले गैरकानुनी गतिविधिमा नलाग्न उहाँले कोरिया जाने कामदारलाई सचेत तुल्याउँदै भन्नुभयो ।

कोरियाली ऐनकानुनको बर्खिलाफ हुने गरी गतिविधि गरेमा उद्धार गर्न तथा कानुनी उपचारको बाटो पहिल्याउन ज्यादै झन्झट र आर्थिक रुपमा अति जटिल हुने भएकाले मुलुकको प्रतिष्ठालाई जोगाएर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । नेपालीका निम्ति आकर्षक गन्तव्य कोरियामा उपलब्ध अवसरको भरपुर उपयोग गर्न सबै श्रमिकलाई उहाँले आग्रह गर्नुभएको छ ।

Share

Related Articles

0 Comments

No Comments Yet!

There are no comments at the moment, do you want to add one?

Write a comment

Write a Comment

Your email address will not be published.
Required fields are marked *

फरक मत

    एमाले महाधिवेशन एकताको: ओली

एमाले महाधिवेशन एकताको: ओली

काठमाडौँ, ३ बैशाख । नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीको जेठमा हुने महाधिवेशनलाई एकताको महाधिवेशन बनाइने बताउनुभएको छ । “पार्टीको महाधिवेशन आगामी जेठमा हुन्छ, हामी एकताबद्व भएर महाधिवेशन

0 comment विस्तृतमा पढ्नुस्
    मुद्दा व्युँताएर सखाप पार्न खोजे: थापा

मुद्दा व्युँताएर सखाप पार्न खोजे: थापा

यमबहादुर बम धनगढी, ३ वैशाख । नेकपा–माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ ले द्वन्द्वकालिन मुद्दा व्युताएर माओवादीलाई सखाप पार्न खोजेको आरोप लगाएका छन् । ‘नेपालमा प्रतिगमनकारीहरुले जनयुद्धकालीन मुद्दा व्युताएर माओवादीलाई सखाप

1 comment विस्तृतमा पढ्नुस्
    काँग्रेसमा गुट-उपगुट बढ्यो: कोइराला

काँग्रेसमा गुट-उपगुट बढ्यो: कोइराला

इटहरी, ३ वैशाख । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले पछिल्लो समयमा नेपाली काँग्रेस विभिन्न गुट र उपगुटमा विभाजित बन्न पुगेकाले पार्टी गम्भीर समस्याबाट गुज्रिन बाध्य भइरहेको बताउनुभएको छ । नेपाल

0 comment विस्तृतमा पढ्नुस्

सोच

    त्यसै कड्किएका होइनन्, गृहमन्त्री खरेलसँग

त्यसै कड्किएका होइनन्, गृहमन्त्री खरेलसँग

- गणेश बस्नेत गृह मन्त्रालय र पुल्चोक काठमाडौंबाट त्यति टाढाको दूरीमा छैन, तर काठमाडौंका एसएसपी रमेश खरेल अझैसम्म मलाई भेट्न आएका छैनन् । मलाई भेट्दा आफ्नो स्वाभिमान गिर्ने महसुस गरेका

1 comment विस्तृतमा पढ्नुस्
    स्यावास लालबाबु ! चोरलाई के को चौतारो नि ?

स्यावास लालबाबु ! चोरलाई के को चौतारो नि ?

- डा. प्रदीप भट्टराई वर्ष २०७० को अन्ततिर नेपाली सञ्चार माध्यममा छपक्कै छाए, लालबाबु पण्डित । त्यसमा पनि सामाजिक सञ्जालमा त उनको साम्राज्य नै कायम गराइयो । आखिर को हुन्

0 comment विस्तृतमा पढ्नुस्
    बेचिएकी गौरा दिदी

बेचिएकी गौरा दिदी

- अभय श्रेष्ठ राजनीतिका छिद्रहरूमा रुचि राख्ने सबैले पढ्नैपर्ने एउटा किताब हो गौरा प्रसाईको आत्मकथा ‘मेरो जीवनका पाना’ । सत्यको स्वभाव विचित्र हुन्छ । यो हत्पत्ती नांगिँदैन । जब नांगिन्छ,

0 comment विस्तृतमा पढ्नुस्
    डिप्रेशन : थाहै नहुने रोग

डिप्रेशन : थाहै नहुने रोग

-डा. सिपी सेडाई कल्पना ३५ बर्षिय महिला हुन् । उनी कसैसँग बोल्दिनन् । टोलाएर एकै ठाउँमा बस्छिन् । उनका श्रीमान् दिनहँु रक्सी पिउँछन् । २ हप्ता अघि घरमा ठूलो झगडा

0 comment विस्तृतमा पढ्नुस्

English News

    Pandey elected new FNCCI Chair

Pandey elected new FNCCI Chair

Kathmandu : Pradeep Jung Pandey has been elected the Chairperson of Federation of Nepalese chambers of Commerce and Industry (FNCCI). According to the vote count results made public this morning,

0 comment विस्तृतमा पढ्नुस्
    Chile leader evacuates as second big quake strikes

Chile leader evacuates as second big quake strikes

A powerful 7.6 magnitude earthquake has rocked northern Chile, just over 24 hours after an 8.2 tremor killed six people, destroyed 2,600 houses and led to mass evacuations. A tsunami

0 comment विस्तृतमा पढ्नुस्
    Flight MH370 ‘crashed in south Indian Ocean’ – Malaysia PM

Flight MH370 ‘crashed in south Indian Ocean’ – Malaysia PM

Malaysia : Malaysia’s prime minister has announced that missing flight MH370 crashed in the southern Indian Ocean. Najib Razak said this was the conclusion of fresh analysis of satellite data tracking

0 comment विस्तृतमा पढ्नुस्

पत्रपत्रिकाबाट

    अधिकारी दम्पतीलाई खाना खुवाउन दैनिक पाँच हजार

अधिकारी दम्पतीलाई खाना खुवाउन दैनिक पाँच हजार

काठमाडौं, ४ वैशाख । मानिस खाना र पानी नखाई कति दिन बाँच्न सक्छरु दुई, चार वा अरू केही दिनरु गोरखा फुजेलका नन्दप्रसाद र गंगामाया अधिकारी दम्पती १ सय ७२ दिनदेखि

0 comment विस्तृतमा पढ्नुस्
    तीन बुँदे सहमतिपछि खेल्न तयार भए क्रिकेटर

तीन बुँदे सहमतिपछि खेल्न तयार भए क्रिकेटर

काठमाडौं, ४ वैशाख । राष्ट्रिय क्रिकेट टोली र नेपाल क्रिकेट संघ (क्यान) बीचको तनाव बुधबार तीनबुँदे सहमतिमा अन्त्य भएको छ। क्रिकेट विकासका लागि योजना तथा अनुगमन समिति बनाए कार्यान्वयन गर्ने

0 comment विस्तृतमा पढ्नुस्
    साठी लाख लिटर पानी खेर

साठी लाख लिटर पानी खेर

काठमाडौं, ४ वैशाख । राजधानीवासी पानी नपाएर छटपटाइरहेका बेला काठमाडौं उपत्यका खानेपानी लिमिटेडले भने एउटै ठाउँबाट दैनिक ६० लाख लिटरभन्दा बढी पानी खेर फाल्दै आएको छ । कीर्तिपुर सुन्दरीघाटस्थित प्रशोधन

0 comment विस्तृतमा पढ्नुस्
    घुस खाएको गोप्य भिडियो खिचेरै कारबाहीको सिफारिस

घुस खाएको गोप्य भिडियो खिचेरै कारबाहीको सिफारिस

काठमाडौं, ४ वैशाख । तस्करी अत्यधिक हुने भनेर चिनिएका तराईका केही जिल्लामा प्रहरी कर्मचारी तस्करीमा संलग्न भएका प्रमाणसहित गोप्य प्रतिवेदन प्रहरी प्रधान कार्यालयमा पेश भएको छ । बारा, पर्सा, महोत्तरी,

0 comment विस्तृतमा पढ्नुस्
    ३० वर्षमा पनि उठ्न सकेन विद्युत महसुल

३० वर्षमा पनि उठ्न सकेन विद्युत महसुल

भक्तपुर, ४ वैशाख । नेपाल विद्युत प्राधिकरण भक्तपुर शाखामा ३० वर्ष अगाडि देखिको विद्युत महसुल उठ्न बाँकी छ । शाखा अन्तर्गत रहेको विद्युतका ग्राहकहरुबाट अहिलेसम्म ११ करोड ८७ लाख ३

0 comment विस्तृतमा पढ्नुस्
    द्वन्द्वकालीन मुद्दाः दुई माओवादी नजिकिदै

द्वन्द्वकालीन मुद्दाः दुई माओवादी नजिकिदै

काठमाडौं, ४ वैशाख । सैद्धान्तिक मतभिन्नताका कारण विभाजित दुई माओवादीलाई द्वन्द्वकालीन मुद्दाले भने नजिक्याउदै लगेको छ । आफूहरु सबैतिरबाट घेराबन्दीमा पर्न सक्ने भन्दै दुवै पार्टीका शीर्ष नेतृत्वले संयुक्त विरोध कार्यक्रम

0 comment विस्तृतमा पढ्नुस्
    पीआर लिने कर्मचारीलाई दण्ड  : मन्त्री पण्डित

पीआर लिने कर्मचारीलाई दण्ड : मन्त्री पण्डित

ललितपुर, ३ वैशाख । पुल्चोकस्थित मन्त्री निवासमा सोमबार साँझ कुराकानी गर्दैगर्दा सामान्य प्रशासनमन्त्री लालबावु पण्डितको मोबाइलमा विदेशबाट फोन आयो, पुनरावेदन अदालतका अफिसर कुमार तिमिल्सिना अमेरिकाको ग्रीनकार्ड होल्डर हुन् । उनले

0 comment विस्तृतमा पढ्नुस्