बिहीबार, १३ असार २०८१
DainikNepal.com
बिहीबार, १३ असार २०८१

सुशील पोखरेलले ‘बन्दी’ निर्माण गर्ने

दैनिक नेपाल २०८१ असार ४ गते १९:३७

काठमाडौं, ४ असार । निर्माता सुशील पोखरेलले नयाँ फिल्म निर्माणको घोषणा गर्नुभएको छ । पछिल्लो फिल्म ‘राधे’ पछि फिल्म निर्माणमा मौन बस्नुभएका सुशीलले ‘बन्दी’ नामक फिल्म निर्माणको घोषणा गर्नुभएको हो ।

फिल्ममा ‘बुलाकी’ फेम्ड निर्देशक लक्ष्मण सुनारको निर्देशन रहनेछ । निर्माण पक्षकाअनुसार हाल फिल्मका कथामा काम भइरहेको र केही महिनापछि छायांकन सुरु गरिनेछ । निर्माता सुशीलले सामाजिक सञ्जालबाट फिल्म निर्माणको घोषणा गर्नुभएको हो ।

फिल्मको कथा सुशील देवकोटाले लेखिरहनुभएको छ । सुशीलले यसअघि ‘परदेशी’, ‘मैदान’, ‘जीवनदाता’, ‘जय शिव शंकर’, ‘निगरानी’, ‘बडीगार्ड’, ‘लभ सब’, ‘राधे’, ‘यात्रा’लगायतका फिल्म निर्माण गरिसक्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित