शनिबार, १५ असार २०८१
DainikNepal.com
शनिबार, १५ असार २०८१

गृहमन्त्रीको बयान लिन सक्नेगरी बनाइएको सहकारी छानबिनको कार्यविधिमा अरू के-के छ ?

दैनिक नेपाल २०८१ असार ७ गते २१:५०

काठमाडौं, ७ असार । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले कार्यविधि बनाएको छ । गृहमन्त्री रवि लामिछानेसँग बयान लिन सक्ने गरी कार्यविधि बनाइएको छ ।

‘संकटग्रस्त सहकारी संस्थाका अध्यक्ष, सञ्चालक वा व्यवस्थापक र व्यवस्थापकीय भूमिकामा रहेका अन्य व्यक्ति, अनुसूची–२ मा उल्लिखित सहकारी संस्थाहरूबाट रकम प्रवाह भएका गोरखा मिडिया नेटवर्क प्रालिलगायत अन्य कम्पनी वा संस्थाहरूका तत्कालीन र वर्तमान सञ्चालक, व्यवस्थापक वा व्यवस्थापकीय भूमिकामा रहेका अन्य व्यक्तिहरूमाथि सोधपुछ गर्ने छ,’ कार्यविधिमा भनिएको छ।

प्रतिक्रिया
सम्बन्धित