शनिबार, १५ असार २०८१
DainikNepal.com
शनिबार, १५ असार २०८१

फणिन्द्र देवकोटालाई सांसदको हैसियतमा काम गर्न दिन सर्वोच्चको आदेश

दैनिक नेपाल २०८१ असार १० गते १६:०७

काठमाडौं, १० असार । सर्वोच्च अदालतले गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटालाई तत्कालका लागि प्रदेश सभा सदस्यको हैसियतमा काम गर्न दिन आदेश दिएको छ ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले देवकोटालाई प्रदेश सभा सदस्यका रूपमा काम गर्न दिन अन्तरिम आदेश जारी गरेको हो ।

अदालतको आदेशसँगै तत्कालका लागि देवकोटाको सांसद पद जोगिएको छ । माओवादी केन्द्रको निर्वाचन चिन्हबाट निर्वाचित हुनुभएका नेपाल समाजवादी पार्टीका देवकोटाले माओवादी केन्द्रको ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिनुभएको थियो । ह्वीप उल्लंघन गरेको भन्दै माओवादी केन्द्रले उहाँलाई कारबाही गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित