शनिबार, १५ असार २०८१
DainikNepal.com
शनिबार, १५ असार २०८१

विवाहको लागि तयार छु, अहिलेसम्म केटा पाएको छैन : अमिषा पटेल

दैनिक नेपाल २०८१ असार ११ गते १०:०६

काठमाडौं, ११ असार । बलिउड अभिनेत्री अमिषा पटेलले आफू विवाहको लागि तयार भएपनि केटा नभेटिएको प्रतिक्रिया दिनुभएको छ ।

सामाजिक सञ्जालमा एक फ्यानले सोधेको प्रश्नको जवाफ दिँदै ४९ वर्षीया अभिनेत्री पटेलले फ्यानका धेरै प्रश्नको रोचक जवाफ दिँदै आफू धेरै दिनदेखि विवाहको लागि तयार रहेको र अहिलेसम्म केटा फेला नपरेको बताउनुभएको हो ।

उनलाई एक फ्यानले सलमान खान पनि अहिलेसम्म अविवाहित रहेको उहाँसँग विवाह गर्न सुझाव दिएका छन् । यो प्रश्नको जवाफमा पटेलले भन्नुभयो, ‘सलमान र म अविवाहित छौँ, त्यसकारण हामीले बिहे गर्नुपर्छ जस्तो लाग्छ ? यसमा औचित्य के छ ? उनीहरु फिल्मको कुरा गर्दैछन् कि वास्तविक विवाहको ?’

पटेलले सन् २००० मा अभिनेता ऋतिक रोशनसँग सुपर हिट फिल्म ‘कहो ना प्यार है’ बाट बलिउडमा डेभ्यु गर्नुभएको थियो । उहाँले त्यसपछि गदर र गदर-२ जस्ता सुपर हिट फिल्ममा काम गर्नुभएको छ ।

उहाँले फ्यानहरुसँग कुरा गर्दै आफ्नो नयाँ फिल्म ‘हमराज’ को सिक्वेलको बारेमा पनि कुरा गर्नुभएको थियो।  साथै उहाँले ‘गदर ३’ को अफर आयो भने स्क्रिप्ट मन पर्‍यो भने काम गर्ने बताउनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित