शनिबार, १५ असार २०८१
DainikNepal.com
शनिबार, १५ असार २०८१

युक्रेनी सेनाका शीर्ष कमाण्डर बर्खास्त

दैनिक नेपाल २०८१ असार ११ गते २०:५३

काठमाडौं, ११ असार । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सेनाका एक शीर्ष कमाण्डरलाई बर्खास्त गर्नु भएको छ ।

सार्वजनिक आलोचना, धेरै युक्रेनी सैनिकको मृत्यु र पदका लागि अयोग्यताको आरोपपछि जेलेन्स्कीले यो कदम चलेको बताइएको छ ।

लेफ्टिनेन्ट जनरल युरी सोडोल यस वर्षको सुरुदेखि युक्रेनको सशस्त्र बलको कमाण्डर हुनुहुन्थ्यो । उहाँको स्थानमा अब ब्रिगेडियर जनरल एन्ड्रे हनाटोभलाई नियुक्त गरिएको छ । यद्यपि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफ्नो निर्णयको कारण भने खुलाउनु भएको छैन ।

लेफ्टिनेन्ट जनरल युरी सोडोललाई बर्खास्त गरेको जेलेन्स्कीले सोमबार राति एक सम्बोधनमा घोषणा गर्नु भएको थियो । जनरल सोडोललाई फेब्रुअरी २०२४ देखि सशस्त्र बलको कमाण्डर बनाइएको थियो ।

हालैका महिनाहरूमा युक्रेनी सेनामा धेरै परिवर्तनहरू भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित