शनिबार, १५ असार २०८१
DainikNepal.com
शनिबार, १५ असार २०८१

दुबईको फिल्ली क्याफे स्वादको चिया अब काठमाडौंमा

दैनिक नेपाल २०८१ असार १२ गते १८:१५

काठमाडौं, १२ असार । एनडी थर्टी नाइन बिजनेस ग्रुप प्रालिले चियाको पारखी तथा नेपाली चियाको संस्कारलाई विश्व बजारमा प्रर्वद्धन गर्न र अन्तर्राष्ट्रिय स्तरको चिया स्वादलाई नेपालीहरु माझ चिनाउन दुबईको सुप्रसिद्ध चिया ब्रान्ड फिल्ली क्याफे नेपालमा भित्राएको छ ।

पहिलो आउटलेट १४ अप्रिल २०२३ मा काठमाडौंको लाजिम्पाटमा खुलेसँगै लाजिम्पाटलगायत ठमेल, बौद्ध तथा लबिम मल पुलचोकमा गरी आफ्नो ४ आउटलेटहरु विस्तार गरी एक कार्यक्रमकाबीच फिल्ली क्याफेको औपचारिक उद्घाटन गरेको छ । कार्यक्रममा प्रमुख अतिथि फिल्ली क्याफेका संस्थापक रहिफ फिल्ली, फिल्ली क्याफे नेपालका सञ्चालकद्धय नविन खड्का र धुव्र रिजाल, फिल्ली क्याफे नेपालका महाप्रबन्धक बिक्की खड्का, विशेष अतिथि महानायक राजेश हमाल, क्रिकेटर सोमपाल कामीलगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

फिल्ली क्याफेले चियाको पारखीहरुका लागि ४ वटा शाखाहरुमार्फत सेवा सञ्चालनमा ल्याएको हो । चाँडै नै पर्यटकीय नगरी पोखरामासमेत शाखा विस्तारसहित आगामी ५ वर्षमा नेपालभर २५ वटा भन्दा बढी शाखा सञ्चालनमा ल्याउने योजना रहेको फिल्ली क्याफे नेपालका सञ्चालक नविन खड्काले जानकारी गराउनुभयो ।

युवाहरु विदेशिने बढ्दो क्रमलाई मध्यनजर गर्दै स्वदेशमै हस्पिट्यालिटि बिजनेशमा रोजगारीको अवसर सृजना गरी युवालाई स्वदेशमै स्वावलम्बन हुन अभिप्रेरित गर्ने उद्देश्यसहित दक्ष जनशक्ति र सीप अभिमुखिकरणका लागि फिल्लीका आउटलेटहरुले अवसर प्रदान गर्ने लक्ष्य कम्पनिले लिएको छ । यस बाहेक आफ्नै बेकरी उत्पादन, सेंटल किचेन र बारिस्टा कोर्सहरुको पनि तयारी गरिरहेको कम्पनीका सञ्चालक धुव्र रिजालले बताउनुभयो ।

बढ्दो चिया संस्कृतिलाई आत्मसात गर्दै फिल्ली क्याफे आफ्नै विशेष स्वाद पस्कदै ग्राहकहरुको मन जित्न सफल भएको कम्पनीको दाबी छ ।

जैविक उत्पादन र ताजा पारम्परिक तरिकामा पकाइएको खाना, उत्कृष्ट सेवा र आकर्षक इन्टेरिएर एवम् कोलाहल मुक्त वातारणले गर्दा आफू यस क्याफेको रेगुलर ग्राहक भएको विशेष अतिथि महानायक राजेश हमालले बताउनुभयो ।

रफिह फिल्लीले काठमाडौंमा फिल्ली क्याफे ल्याउन पाउँदा आफू हर्षित भएको र चिया पारखीहरुका लागि आकर्षक गन्तव्य बन्नेमा ढुक्क रहेको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित