शनिबार, १५ असार २०८१
DainikNepal.com
शनिबार, १५ असार २०८१

लक्ष्मी सनराइज बैंकले गर्‍यो ललितपुरमा सेवा विस्तार

दैनिक नेपाल २०८१ असार १२ गते १८:५४

ललितपुर, १२ असार । लक्ष्मी सनराइज बैंकले ललितपुरमा आफ्नो शाखा स्थानान्तरणमार्फत सेवा विस्तार गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर २२ स्थित न्युरोडमा रहेका २ शाखाहरु मध्ये एउटा शाखा ललितपुर महानगरपालिका वडा नम्बर १४ स्थित नखिपोटको विशाल चोकमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ ।

स्थानान्तरण गरिएको साविकको न्युरोड शाखाका ग्राहकहरुले सोही ठाउँमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ ।

स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरुलाई सबै प्रकारका रिटेल बैंकिङ सेवाहरु प्रदान गर्नेछ ।

हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३१६ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैंकिङ एजेन्ट रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित