शनिबार, १५ असार २०८१
DainikNepal.com
शनिबार, १५ असार २०८१

भूकम्पबाट क्षतिग्रस्त बझाङको बाल विकास माविलाई सिटिजन्स बैंकको सहयोग

दैनिक नेपाल २०८१ असार १२ गते १९:१४

काठमाडौं, १२ असार । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुदूरपश्चिम प्रदेश, बझाङ गोलाईमा अवस्थित बाल विकास माध्यमिक विद्यालयलाई पुनर्निर्माणको लागि एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।

गत असोजमा गएको विनासकारी भुकम्पले गर्दा विद्यालय भवनका कोठाहरु पूर्ण तथा आंशिक रुपमा क्षतिग्रस्त भएका र यसले गर्दा पठानपाठनमासमेत असर परेकाले बैंकले विद्यालय भवन निर्माणका लागि सहयोग उपलब्ध गराएको हो ।

बैंकको यस कार्यबाट विद्यार्थीहरुको पठनपाठनमा केही सहजता हुने र उनीहरुले पाउने शिक्षाको गुणस्तरमासमेत वृद्धि हुने विश्वास बैंकले लिएको छ ।

कक्षा १ देखि १२ सम्म अध्यापन हुने यस विद्यालयमा हाल करिव ३०० विद्यार्थीहरु अध्ययनरत रहेका छन ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएकोे छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १९२ वटा शाखा, १५५ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ५९ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

हाल ५६ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनलले यसै आर्थिक वर्ष थप ५ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित