आइतबार, १६ असार २०८१
DainikNepal.com
आइतबार, १६ असार २०८१

मनसुन पूर्ण सक्रिय, यी प्रदेशमा भारी वर्षाको सम्भावना

दैनिक नेपाल २०८१ असार १३ गते ७:०८

काठमाडौं, १३ असार । जल तथा मौसम विज्ञान विभागकाअनुसार देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरु साथै कोशी, बागमती र लुम्बिनी प्रदेशको एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

बिहीबार दिउँसो देशभरको मौसम साधारण देखि पूर्णतया बदली रहने छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूका साथै मधेश र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । साथै, कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भू-भागमा साधारणदेखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिकदेखि साधारण बदली रहने छ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।

अछामको मंगलसेन, दैलेखको डण्डालगायत स्थानमा भारी वर्षा भएको छ । भारी वर्षा भएकाले यो क्षेत्र भएर बग्ने स-साना खोलाहरूमा जलसतह केही बढ्ने भएकाले तटीय क्षेत्रमा रहनेहरूले सतर्कता अपनाउन विभागले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित