आइतबार, १६ असार २०८१
DainikNepal.com
आइतबार, १६ असार २०८१

पोर्चुगललाई हराउँदै जर्जिया अन्तिम १६ मा प्रवेश

दैनिक नेपाल २०८१ असार १३ गते ७:२३

काठमाडौं, १३ असार । पोर्चुगल युरोकप २०२४ अन्तर्गत समूह ‘एफ’को अन्तिम खेलमा जर्जियासँग पराजित भएको छ ।

जर्मनीको गेल्सनकर्केनस्थित भेल्टिन्स एरिनामा बिहिबार बिहान भएको खेलमा पोर्चुगल २-० गोलले पराजित भएको हो । तर पराजित भए पनि पोर्चुगल समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । पोर्चुगल र टर्की समान ६-६ अंक भएको थियो ।

प्रशिक्षक रोबर्टो मार्टिनेजले टोलीमा आफ्नो दोस्रो रोजाइका खेलाडी अवसर दिएका थिए । जारी युरोकपमा गोलको खाता खोल्न नसकेका कप्तान क्रिस्टियानो रोनाल्डोलाई पहिलो रोजाइमा मैदान उतारे ।

खेलको दोस्रो मिनेटमा नेपोलीका विंगर क्विचा गोल गर्दै जर्जियालाई अग्रता दिलाए । पहिलो हाफमा एक शुन्यले पछि परेको पोर्चुगलले दोस्रो हाफमा थप एक गोल खान पुगेको थियो ।

५७औं मिनेटमा जर्जियाले पेनाल्टीको अवसर पायो । पोर्चुगलका सिल्भाले पेनाल्टी क्षेत्रभित्र फल गरेपछि प्राप्त पेनाल्टीलाई मिकाउताद्जेले गोल गर्दै खेलमा २–० को अग्रता दिलाए ।

यही समूहको अर्को खेलमा टर्कीले चेक रिप्ब्लिकलाई २-१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ ।

पहिलो पटक युरोमा सहभागी भएको जर्जिया ४ अंकका साथ अन्तिम १६ मा प्रवेश गर्‍यो । यता, १ अंक जोडेको चेकरिपब्लिक भने बाहिरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित