आइतबार, १६ असार २०८१
DainikNepal.com
आइतबार, १६ असार २०८१

कति छ आज सुनचाँदीको मूल्य ?

दैनिक नेपाल २०८१ असार १३ गते १०:३८

काठमाडौं, १३ असार । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

बिहीबार सुनको मुल्य तोलामा ८ सयले घटेर तोलाको १ लाख ४० हजार ८ सयमा कारोबार भएको छ ।  यसअघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ६ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४० हजार १ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला १७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित