आइतबार, १६ असार २०८१
DainikNepal.com
आइतबार, १६ असार २०८१

स्वरूपराज आचार्यको नयाँ गीतमा मोडल सजिना लामिछाने

दैनिक नेपाल २०८१ असार १३ गते १७:५४

काठमाडौं, १३ असार । गायक स्वरूपराज आचार्यको स्वर रहेको नयाँ गीत बजारमा आएको छ ।

आचार्यले स्वर दिनुभएको ‘सबैले छोडेर गए’ गीतमा मोडल सजिना लामिछानेको अभिनय रहेको छ । गीतमा मोडल लामिछानेलाई अर्जुन पोखरेल र दिशान्त बुढाथोकीले साथ दिनुभएको छ ।

जीपी तिमिल्सिनाको ‘सबैले छोडेर गए’ गीतमा राजीव शाहको संगीत रहेको छ । गीत ‘राजीव शाह’ नामक युट्युब च्यानलबाट बजारमा आएको हो ।

गीतमा दुई युवा साथिहरु र युवतीबीचको माया प्रेम र धोकाको विषयलाई देखाइएको छ ।

मोडल लामिछानेले यसअघि पनि दुई दर्जन बढी म्यूजिक भिडिओहरुमा अभिनय गरिसक्नुभएको छ । अझै थुप्रै गीतहरु आउने तयारीमा रहेको मोडल लामिछानेले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित