आइतबार, १६ असार २०८१
DainikNepal.com
आइतबार, १६ असार २०८१

रिद्धि सिद्धि सिमेन्टको ‘मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द एअर २०८१’ छात्रवृत्ति कार्यक्रम घोषणा

दैनिक नेपाल २०८१ असार १३ गते १७:४२

काठमाडौं, १३ असार । रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरी ‘मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द एअर २०८१’ को छात्रवृत्ति कार्यक्रम पुनः सञ्चालनमा ल्याएको छ ।

यस छात्रवृत्तिअन्तर्गत २०८० मा परीक्षा दिएको र २०८१ सालमा नतिजा प्राप्त भई एसइईमा उत्तीर्ण भएका सम्पूर्ण मकवानपुरका विद्यार्थी सहभागी हुन सक्नेछन् । जसअनुसार एसईईमा ३.५ जिपिए देखि ४ जिपिए ल्याएका विद्यार्थीहरु छात्रवृत्ति कार्यक्रममा सहभागिताको लागि योग्य मानिने कम्पनीले जनाएको छ ।

गत सालमा आयोजना गरिएको यस छात्रवृति कार्यक्रममा कुल ११ विद्यार्थी लाभान्वित भएका थिए । पछिलो वर्षको छात्रवृति कार्यक्रमको भव्य र सभ्य सफलता पश्चात कम्पनीले यस २०८१ सालमा थप ४ विद्यार्थीको संख्यामा वृद्धि गरी कुल १५ जना स्मार्ट विद्यार्थीलाई मकवानपुरकै उत्कृष्ट छात्रवृति प्रदान गरिने जनाएको छ ।

छात्रवृत्ति अन्तर्गत पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा रु. ५ हजार, दोस्रो हुनेलाई रु. ३५ सय, तेस्रो हुनेलाई रु. २५ सय साथै सान्त्वना स्वरुप थप १२ विद्यार्थीलाई मासिक रुपमा रु. १५ सय कम्पनीले एक वर्षसम्म उपलब्ध गराउने छ । यस छात्रवृत्ति कार्यक्रममा आबद्ध हुन विद्यार्थीले कम्पनीको आधिकारिक बेवसाइट (www.riddhisiddhicements.com) वा फेसबुक पेज (https://www.facebook.com/RiddhiSiddhicements) मा उल्लेखित गरिएको क्युआर स्क्यान गरी फारम गर्न सक्नेछन् ।

आवेदकको फारम बुझाउने अन्तिम मिति २३ असारसम्म तोकिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित