आइतबार, १६ असार २०८१
DainikNepal.com
आइतबार, १६ असार २०८१

एकीकृत समाजवादीको पदाधिकारी संख्या २१ सदस्यीय हुने

दैनिक नेपाल २०८१ असार १३ गते २१:१२

काठमाडौं, १३ । नेकपा (एकीकृत समाजवादी) ले पदाधिकारीको संख्या २१ सदस्यीय बनाउने भएको छ ।

विहिबार बसेको सचिवालय बैठकले पधाधिकारीमा अध्यक्ष, सम्मानित नेता र वरिष्ठसहित ७ उपाध्यक्ष रहने भएका हुन् । त्यस्तै उपाध्यक्षमा एक महिला र एक मधेशी रहने व्यवस्था गरिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

त्यसैगरी एक महासचिव, उपमहासचिव ४ र सचिव ७ जना बनाउने भएको छ । सचिवमा दलित, जनजाति र महिलाबाट एक(एक जना ल्याइने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित