आइतबार, १६ असार २०८१
DainikNepal.com
आइतबार, १६ असार २०८१

कार्यकर्तालाई करप्टेड र फ्रष्टेड हुनबाट बचाउन जरुरी : पदमा अर्याल

दैनिक नेपाल २०८१ असार १३ गते २१:२७

बुटवल, १३ असार । नेकपा(एमाले) की सचिव एवम् लुम्विनी प्रदेश इन्चार्ज पद्या अर्यालले पार्टीलाई एजेण्डाले नेतृत्व गर्ने भएकोले अहिलेको अवस्थामा मुख्यतः राष्ट्रिय स्वाभिमान र स्वाधिनताको विषय सहित चारवटा एजेण्डालाई आत्मसात गरेर पार्टी कामलाई अघि वढाउन आवश्यक रहेको बताउनुभएको छ ।

बुटवलमा सम्पन्न नेकपा (एमाले) प्रदेश कमिटी लुम्विनीको तेश्रो पूर्ण बैठकलाई सम्वोधन गर्दै सचिव अर्यालले जनताका तात्कालीन र दीर्घकालीन एजेण्डाको रुपमा शिक्षा, स्वास्थ्य, आवास र रोजगारीलाई ग्यारेन्टी गरेर जान सक्दा मात्र सवै वर्ग र समुदायका एजेण्डालाई आत्मसात गर्न सकिने भएकोले तदनुसारका विषयलाई अभियानका रुपमा लैजान आवश्यक रहेको बताउनु भएको हो ।

जनता दर्शन तथा दस्तावेज पढेर मात्र बस्दैनन् भन्ने कुरा पनि वुझ्नुपर्ने बताउनुहुँदै उहाँले पार्टी परिवर्तनको वाहक र देशको संरक्षक भएकोले पार्टीलाई जनतामा आधारित पार्टी बनाउनु जरुरी रहेकोमा जोड दिनुभयो ।

उहाँले कार्यकर्तालाई करप्टेड र फ्रष्टेड हुनबाट वचाउनु, हरेक कार्यकर्ताले पार्टीलाई अभिभावक सम्झने अवस्था सृजना गर्नु र स्वयं नेता पनि सुध्रिन जरुरी रहेको बताउनुभयो ।

अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षतामा भएको बैठकमा अध्यक्ष कँडेलले नौ वटा प्रस्ताव पेश गर्नुभएको थियो । जस अनुसार प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री र राजनीति नियुक्ति पाउनेको सम्मान तथा वार्षिक कार्ययोजना–२०८० को समिक्षा, वार्षिक कार्ययोजना–२०८१ प्रस्तुत, जिल्ला तथा मातहत कमिटीका वैठक र प्रदेश कमिटीको मनोनयन सम्वन्धी प्रस्तावहरु रहेका छन् । वैठकले सात जनालाई प्रदेश कमिटीमा मनोनयन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित