आइतबार, १६ असार २०८१
DainikNepal.com
आइतबार, १६ असार २०८१

बुद्धवीर र धर्मलाई स्वर्ण

दैनिक नेपाल २०८१ असार १३ गते २१:३६

काठमाडौं, १३ असार । नेपाली भेट्रान धावक बुद्धवीर लामा र धर्म महर्जनले अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्स प्रतियोगितामा बिहीबार स्वर्ण जित्नु भएको छ ।

बंगलादेशको ढाकामा भइरहेको प्रतियोगिताको ६५ वर्षमाथि ५ हजार मिटर दौडमा बुद्धवीरले स्वर्ण जित्नु भएको हो । गीतकार समेत रहनु भएका उहाँले निर्धारित दूरी २२ मिनेट ०३ सेकेन्डमा पूरा गर्नुभयो । सोही दूरीको ५० वर्षमाथि धर्मले १७मिनेट ८ सेकेन्डमा दौड पूरा गर्दै पहिलो हुनुभयो ।

धर्मले प्रतिस्पर्धा गरेको स्पर्धामा नेपालकै रैवतदाहाल दोश्रो हुनुभयो । उहाँले निर्धारित दूरी तय गर्न १७ मिनेट ५० सेकेन्ड समय लगाउनुभयो ।
नेपालले थप १ कांस्य पनि जित्यो । ५५ वर्षमाथि ५ हजार मिटर दौडमा दीपककुमार रन्जितले कांस्य प्राप्त गर्नुभयो । उहाँले निर्धारित दूरी २० मिनेट १९ सेकेन्डमा तय गर्नुभयो ।

प्रतियोगितामा नेपालबाट ६ खेलाडी सहभागी छन् । पुष्पलालश्रेष्ठले ६५ वर्षमाथि १० हजार मिटर दौड तथालाक्पा शेर्पा लामाले ४० वर्षमाथि १० हजार मिटर दौडमा प्रतिस्पर्धा गर्नुहुनेछ । उक्त दौड शनिबार हुने टोलीको नेतृत्व समेत गरेका बुद्धवीरले जनाएका छन् ।

शनिबारै धर्मले १० हजार मिटर दौडमा पनिप्रतिस्पर्धा गर्नुहुनेछ ।

प्रतिक्रिया
सम्बन्धित