आइतबार, १६ असार २०८१
DainikNepal.com
आइतबार, १६ असार २०८१

टीआरसीका बाँकी बुँदामा सहमति खोज्न तीन दल सहमत

दैनिक नेपाल २०८१ असार १३ गते २१:४९

काठमाडौं, १३ असार । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकका बाँकी बुँदामा सहमति खोज्न दलहरू सहमत भएका छन् ।

आज बालुवाटारमा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूबीचको बैठकले प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा रहेको विधेयकलाई अगाडि बढाउने र बाँकी बुँदामा सहमति खोज्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कानुनमन्त्री पदम गिरीले जुन जुन बुँदामा सहमति भएको छैन तिनीहरूलाई निष्कर्षमा पुर्याउन अघि बढ्नेबारे नेताहरू एकमत भएको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित