सोमबार, १७ असार २०८१
DainikNepal.com
सोमबार, १७ असार २०८१

ट्रम्पले जिते पहिलो राष्ट्रपति बहस

दैनिक नेपाल २०८१ असार १४ गते १८:०१

काठमाडौं, १४ असार । अमेरिकामा राष्ट्रपति जो बाइडेन र डोनाल्ड ट्रम्पबीच पहिलो राष्ट्रपतिको बहस भएको छ । ८१ वर्ष पुगेका बाइडेनका लागि डेमोक्र्याटिक पार्टीबाट आफूलाई सही राष्ट्रपतिको उम्मेद्वारको रूपमा प्रमाणित गर्ने यो उत्तम अवसर थियो ।

तर, ९० मिनेटको बहसपछि अमेरिकाको सबैभन्दा ठूलो मिडिया हाउस न्युयोर्क टाइम्स, वासिङ्टन पोस्ट र बहस होस्ट सीएनएनले ट्रम्पलाई विजयी घोषणा गरेका छन् । विश्लेषकहरूले बहसको क्रममा, बाइडेन आफ्नो भाषणक क्रममा बारम्बार अड्कीरहेको र लगातार खोकी रहेको तथा ट्रम्पको आरोपको जवाफ दिन असफल भएको टिप्पणी गरेका छन् ।

न्युयोर्क टाइम्सका अनुसार बाइडेनको यो प्रदर्शनपछि डेमोक्रेटिक पार्टीका नेताहरुले उहाँको राष्ट्रपति पदको उम्मेदवारीमाथि प्रश्न उठाइरहेका छन् । बाइडेनले चुनावअघिको ४ महिनासम्म प्रचारप्रसार पूरा गर्न नसक्ने उनीहरुको डर छ । डेमोक्रेटिक पार्टीका नेताले भन्नुभयो, ‘बाइडेनले हामीलाई चुनाव जिताउन सक्दैनन्,’ ।

बहसपछि, बाइडेनले डेमोक्र्याटको चिन्तालाई स्पष्ट पार्दै भन्नुभयो,’मलाई ठिक थिएन र घाँटी दुखेको थियो । तैपनि, मलाई लाग्छ कि हामीले राम्रो प्रदर्शन गर्यौं । आखिर, झूट बोल्ने व्यक्तिलाई बहस गर्न गाह्रो छ ।,’

एकातिर बहसमा बाइडेनको प्रदर्शनको आलोचना भइरहेको छ भने अर्कोतर्फ ट्रम्पको प्रशंसा भइरहेको छ । न्युयोर्क टाइम्सका अनुसार ट्रम्पले यस बहसमा धेरै चुनौतिहरूको सामना गर्नु परेन । उहाँ आत्मविश्वासले भरिपूर्ण हुनुहुन्थ्यो ।

बाइडेनविरुद्ध २०२० को राष्ट्रपति बहसमा, ट्रम्पले धेरै बेतुका कुराहरू भन्नुभएको थियो । तर, यसपटक ट्रम्पले यो गल्ती दोहोर्‍याउनु भएन । उहाँले बाइडेनलाई आफ्नै शब्दमा भ्रममा पारेको देखियो । ट्रम्पले विभिन्न विषयमा कुरा गर्दा झूट पनि बोल्नुभयो यद्यपि, बाइडेनले उनलाई यो कुरामा घेर्न सक्नुभएन । गर्भपतनको मुद्दामा रिपब्लिकन पार्टीको अडानको देशभर आलोचना भइरहेको छ । बाइडेनका लागि यो बहसमा आफूलाई बलियो साबित गर्ने महत्वपूर्ण अवसर थियो । यसका बाबजुद पनि उहाँले ट्रम्पको प्रतिवाद गर्न खास केही भन्नुभएन।

सीएनएनले गरेको पोलमा ६७ प्रतिशतले ट्रम्पलाई विजेता भन्नु भएको छ भने बाइडेनलाई ३३ प्रतिशतले मत दिएको छ । यो बहस सीएनएनका एन्कर जेक ट्यापर र डाना बासले संचालन गर्नु भएको थियो । बहसका लागि केही नियम बनाइएको थियो । मुख्य प्रश्नको जवाफ दिन दुवैलाई २(२ मिनेटको समय दिइएको थियो भने आरोपहरुको प्रतिवाद गर्न एक एक मिनेटको समय दिइएको थियो । एक उम्मेदवार बोल्दा अर्को उम्मेदवारको माइक अफ गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित