सोमबार, १७ असार २०८१
DainikNepal.com
सोमबार, १७ असार २०८१

एसइईमा फेल भएका सबैले मौका परीक्षा दिन पाउने

दैनिक नेपाल २०८१ असार १४ गते २०:३४

काठमाडौं, १४ असार । एसइईको परीक्षामा नन ग्रेडेड (फेल) भएका सबैले पुनः परीक्षा दिन पाउने भएका छन् ।

सरकारले कक्षा १२ लाई विद्यालय तहको अन्तिम खुट्किलो मानिसकेपछि एसइई अनुत्तीर्ण भनिएका सबै विषयमा मौका परीक्षामा सामेल गराउने निर्णय गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा यस्तो उल्लेख गर्नुभएको हो । ‘परिणामको कारण देखाई लाखौं बालबालिकालाई उनीहरुको जीवनको सिँढी चढ्न रोक्नु अनुचित हुन्छ भन्ने निष्कर्षका साथ नेपाल सरकारले अनुत्तीर्ण भनिएका सबै विद्यार्थीलाई सबै विषयमा मौका परिक्षामा सामेल गराउने निर्णय गरेको छ ।’ उहाँले भन्नुभएको छ ।

‘भाइबहिनीहरु र उहाँहरुका सबै अभिभावकज्यूहरुले यो मौकालाई ठिक ढंगले बुझेर मौका परिक्षाको तयारीमा केन्द्रित गर्न/हुन हार्दिक अनुरोध गर्दछौँ ।’ उहाँले लेख्नुभएको छ, ‘राज्यका सबै निकायले परिक्षाको परिणाम खोज्नु भन्दा पहिले सार्वजनिक विद्यालयको अवस्था, सरकार तथा नियमनकारी निकायको भुमिका, शिक्षक–अभिभावकको दायित्व र शिक्षा लिने दिने पद्धतिमा कक्षा कोठाबाटै सुधार खोज्नु पर्दछ ।’

यसअघि दुई विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीका लागि साउन १८ र १९ गते मौका परीक्षा सञ्चालन गरिने बताइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित