सोमबार, १७ असार २०८१
DainikNepal.com
सोमबार, १७ असार २०८१

बिजुली काटेर स्कार्पियो गाडी चोरी

दैनिक नेपाल २०८१ असार १४ गते २०:४५

रौतहट, १४ असार । रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा-३ मत्सरीमा स्कार्पियो गाडी चोरी भएको छ । स्थानीय राजन झाको घर अगाडि राखिएको बागमती प्र ०१ ०२६ च ५८६४ नम्बरको स्कार्पियो गाडी रिसिइबीका कारणले चोरी गराइएको गाडी धनीको भनाई रहेको छ ।

मंगलबार अबेर राति अन्दाजी १ देखि ३ बजेको समयमा गाडी चोरी भएको स्थानीयहरुले जनाएका छन् । प्रहरीमा उजुरी दिएपनि गाडी चोरी भएको ३ दिन बितिसक्दा अहिलेसम्म प्रहरीबाट कुनै किसिमको खोजतलास सम्बन्धित सूचना नआएको गाडी धनीको गुनासो रहेको छ ।

राजेशकुमार झाको नाममा रहेको बागमती प्र ०१ ०२६ च ५८६४ नम्बरको गाडी चोरी हुनु भन्दा पहिला गाउँभरीको विद्युत लाइन काटेर बाटोमा रहेको सिसीटिभी बन्द हुने बित्तिकै गाडी चोरी भएकाले चोरीमा गाउँको मान्छेको पनि संलग्नता हुनसक्ने गाडी धनीको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले चोरीको घटना बारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित