सोमबार, १७ असार २०८१
DainikNepal.com
सोमबार, १७ असार २०८१

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

दैनिक नेपाल २०८१ असार १५ गते ६:५४

काठमाडौं, १५ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंककाअनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रीदर १३३ रुपैयाँ ७२ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १४२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४३ रुपैयाँ १२ पैसा रहेको छ ।

आज, बेलायती पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ३४ पैसा रहेको छ । पाउण्डको बिक्रीदर भने १६९ रुपैयाँ १० पैसा तोकिएको छ ।

त्यस्तै, आज अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्रीदर ८९ रुपैयाँ पुगेको छ ।

आज कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६८ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित