सोमबार, १७ असार २०८१
DainikNepal.com
सोमबार, १७ असार २०८१

संयुक्त राष्ट्र संघद्वारा सुडानका १४ क्षेत्रमा भोकमरीको चेतावनी

दैनिक नेपाल २०८१ असार १५ गते ७:५५

खार्तुम, १५ असार । संयुक्त राष्ट्र संघले बिहीबार सुडानका १४ स्थानमा भोकमरी हुनसक्ने चेतावनी दिएको छ ।

“ग्रेटर डार्फर, ग्रेटर कोर्डोफान र अल जजिरा राज्यहरूका साथै खार्तुमका केहीस्थान लगायतका १४ स्थानमा भोकमरीको जोखिम छ ।” संयुक्त राष्ट्रले आफ्नो वेवसाइटमा उल्लेख गरेको छ ।

वेवसाइटमा सुडानका १० राज्यका सात लाख ५५ हजार मानिसहरु भोकमरीको विपत्तिजनक पाँचौ चरणको सामना गरिरहेको उल्लेख छ । सुडानका ८५ लाख मानिस अर्थात १८ प्रतिशत जनसङ्ख्या खाद्य सुरक्षाबाट पीडित रहेका राष्ट्रसंघको भनाइ छ ।

सुडान सन् २०२३ अप्रिलको मध्यदेखि सुडानी सशस्त्र बल र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सबीचको घातक द्वन्द्वमा फसेको छ ।

द्वन्द्वका कारण १६ हजार छ सय ५० भन्दा बढीले ज्यान गुमाइसकेको मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्र संघको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित