मंगलबार, १८ असार २०८१
DainikNepal.com
मंगलबार, १८ असार २०८१

अनन्त-राधिकाको विवाहको निमन्त्रणा कार्डको चर्चा

दैनिक नेपाल २०८१ असार १५ गते ८:४८

काठमाडौं, १५ असार । उद्योगपति मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानी राधिका मर्चेन्टसँग जुलाई १२ मा विवाह बन्धनमा बाँधिदैछन् । मुम्बईमा हुने यो भव्य समारोहमा परम्परा र भव्यताको मिश्रण देखिनेछ ।

विवाहको तयारीका बीचमा यो जोडीको विवाहको कार्ड सार्वजनिक भएको छ । भीभीआइपीलाई दिएको निमन्त्रणा पत्रमा चाँदीको मन्दिर छ । भित्र ४ वटा सुनको मूर्ति छ । दोस्रो निमन्त्रणा पत्र सुनौलो बक्समा छ । यसमा मन्दिरलाई सानो आकारमा बाकस भित्र राखिएको छ । यो पनि ईश्वरीय विषयवस्तुमा आधारित छ ।

सानो अलमारी खोल्दा चाँदीको मन्दिर देखिन्छ । यस मन्दिरमा गणपति, राधा-कृष्ण र देवी दुर्गाको मूर्तिहरू छन् ।

हातले लेखिएको पत्र, बक्स खोल्ने बित्तिकै विष्णु मन्त्र प्रतिध्वनित हुन्छ । सुन्दर ढंगले कढाई गरिएको विवाह बक्सको माथि भगवान विष्णुको चित्र छ ।

कार्डमा बनाइएको बाकस खोल्ने बित्तिकै विष्णु मन्त्र गुञ्जन थाल्छ । रातो रङको निमन्त्रणा बाकस खोल्दा चाँदीको सानो मन्दिर देखिन्छ । यसमा गणपति, राधा-कृष्ण र देवी दुर्गाको सुनको मूर्ति छ । एउटा थैलीमा पश्मिना सल, अर्कोमा रुमाल छ । दोस्रो निमन्त्रणा कार्डमा, पहिलो एउटा सानो खाममा नीता अम्बानीको हातले लेखिएको पत्र हो । यसमा उनले आफ्नो भावना व्यक्त गर्दै निमन्त्रणा दिएकी छिन् । यस पत्रको विभिन्न पृष्ठहरूमा विभिन्न अनुष्ठानहरूको बारेमा जानकारी छ ।

माथिल्लो भागमा वैकुण्ठ धामको दृश्य देखिन्छ । एउटा थैलीमा कश्मीरका कलाकारहरूले बनाएको पश्मिना सल छ । अर्को थैली खोल्दा अनन्त-राधिकाको आद्याक्षरले भरिएको रुमाल छ । अन्त्यमा ऋग्वेदको एउटा श्लोक लेखिएको छ ।

अनन्त र राधिकाले यसअघि मार्चको सुरु र मेको अन्त्यमा प्रि-वेडिङ समारोह मनाएका थिए । अब जुलाई १२ गते शुभ विवाह, जुलाई १३ मा शुभ आशीर्वाद र जुलाई १४ मा स्वागत समारोह हुनेछ । यी तीन कार्यक्रम मुम्बईको जियो वर्ल्ड सेन्टरमा आयोजना हुनेछन् ।

प्रतिक्रिया
सम्बन्धित