सोमबार, १७ असार २०८१
DainikNepal.com
सोमबार, १७ असार २०८१

पराग्वेमाथि ब्राजिलको फराकिलो जित

दैनिक नेपाल २०८१ असार १५ गते ९:०१

काठमाडौं, १५ असार । ब्राजिलले कोपा अमेरिकाअन्तर्गतको खेलमा पराग्वेलाई फराकिलो जित हासिल गरेको छ ।

शनिबार बिहान सम्पन्न खेलमा ब्राजिलले पराग्वेलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

ब्राजिलको जितमा भिनिसियस जुनियरले २ गोल गरेका थिए भने साभियो र लुकास पाक्वेटाले एकएक गोल गरेका थिए ।

त्यस्तै, पराग्वेका लागि ओमार अलडेरेटले एक गोल गरेका थिए ।

यस खेलमा खेलको ८१औं मिनेटमा आन्द्रेज कुबासले रातो कार्ड पाएपछि पराग्वे १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि ब्राजिलको २ खेलमा ४ अंक भएको छ र समूह ‘डी’मा दोस्रो स्थानमा छ ।

त्यस्तै, पराग्वेले भने लगातार दोस्रो हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएको छ ।

अब ब्राजिलले समूह चरणको अन्तिम खेलमा जुलाई ३ मा कोलोम्बियाको सामना गर्ने छ । त्यस्तै, सोही दिन पराग्वेले कोस्टारिकाको सामना गर्ने छ ।

प्रतिक्रिया
सम्बन्धित