मंगलबार, १८ असार २०८१
DainikNepal.com
मंगलबार, १८ असार २०८१

रौतहटमा बीच सडकमै पल्टियो बस : एकजनाको मृत्यु, ८ घाइते

दैनिक नेपाल २०८१ असार १५ गते १०:२७

रौतहट, १५ असार । रौतहटको जयनगर चोक नजिकमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ यात्रु घाइते भएका छन् ।

शनिबार बिहान गौर चन्द्रपुर सडकखण्डअन्तर्गत गरुडा नगरपालिका वडा नम्बर-१ स्थित जयनगर चोकमा पौन्य आठ बजेतिर बस सडकमै पल्टिएको हो । दुर्घटनाको खबर पाउन साथ इलाका प्रहरी कार्यालय गरुडा र शिवनगरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो

मृत्यु हुनेमा माधवनारायण नगरपालिका वडा-३ भेल्हीका शैलेन्द्रकुमार गिरीको १८ वर्षीया छोरी नेहाकुमारी गिरी रहेकी छन् ।

दुर्घटनामा बसमा सवार २६ वर्षीया रन्जुदेवी दासको दाहिने हात भाँचिएको छ । दाससहित अन्य सात जना घाइतेहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एवं डिएसपी एलिजा गिरीले घाइतेहरुको शिवनगर र गरुडाका अस्पतालमा उपचार भइरहेको जानकारी दिनुभयो ।

गौरबाट भैरहवातर्फ जाँदै गरेको ना.७ ख ८४१४ नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको गिरीले जनाउनुभएको छ ।

बस चालक भने फरार रहेकाले निजको खोजी कार्य भइरहेको र दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित