मंगलबार, १८ असार २०८१
DainikNepal.com
मंगलबार, १८ असार २०८१

राष्ट्रपति निवासमा धान रोपाइँ

दैनिक नेपाल २०८१ असार १५ गते १०:४४

काठमाडौं, १५ असार । एक्काइसौँ राष्ट्रिय धान दिवसका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ कार्यक्रम आयोजना गरिएको छ ।

राष्ट्रपति कार्यालयद्वारा आज आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सविता पौडेललगायत सहभागी हुनुहुन्थ्यो ।

रोपाइँ शुभारम्भ गर्नुहुँदै राष्ट्रपति पौडेलले कृषि पेसा, श्रमको सम्मानको संस्कृति र धान उत्पादनलाई प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाइँमा सहभागी भएको बताउनुभयो ।

‘पहिला देशमा फलफूल तरकारीभन्दा धान बढी उत्पादन हुन्थ्यो । धनधान्य भए पनि धानको मात्र उपयोगले खानामा पोषणतत्वको कमी भइरहेको थियो । पछि जब करेसाबारी बढ्न थाल्यो, धान बाहिरबाट आयात गर्न थालिएको छ ।’ राष्ट्रपति पौडेलले भन्नुभयो, ‘यसले पनि असन्तुलन भयो । त्यही भएर अब सन्तुलित खानपीनका लागि फेरि धानको उत्पादन, कृषि पेसा र श्रमको सम्मानको संस्कृतिलाई प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाइँमा सहभागी भएको हुँ ।’

रोपाइँपछि शीतल निवासमा दही चिउरा खाने कार्यक्रम आयोजना गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित