मंगलबार, १८ असार २०८१
DainikNepal.com
मंगलबार, १८ असार २०८१

काठमाडौंका यी क्षेत्रमा आज ७ घण्टा विद्युत् काटिने

दैनिक नेपाल २०८१ असार १५ गते ११:२४

काठमाडौं, १५ असार । आज काठमाडौंका विभिन्न स्थानमा सात घण्टा बत्ती काटिने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले एक सूचना जारी गर्दै रत्नपार्क वितरण केन्द्रको बबरमहल फिडरअन्तर्गत पर्ने क्षेत्रहरूमा अहिले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरूद्ध हुने जनाएको छ ।

प्राधिकरणका अनुसार यो फिडरअन्तर्गत पर्ने खुलामञ्च क्षेत्र, सैनिक मञ्च हुँदै भद्रकाली, कृषि विकास बैंक, नेपाल आर्मी ब्यारेक, सुन्धारा, भन्सार विभाग हुँदै रानीपोखरीसम्म विद्युत् काटिने छ । ती क्षेत्रमा प्रिभेन्टिभ मेन्टिनेन्स गर्नका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएकाले ती स्थानमा विद्युत काटिने र काम अगाडि नै सकिए विद्युत् सेवा सुरू हुने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित