मंगलबार, १८ असार २०८१
DainikNepal.com
मंगलबार, १८ असार २०८१

काम सम्पन्न गर्नेलाई पुरस्कृत र नगर्नेलाई दण्डित गरिन्छ : प्रमुख महर्जन

दैनिक नेपाल २०८१ असार १५ गते १२:१४

काठमाडौं, १५ असार । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आयोजनाहरुको समयमै निर्माण सम्पन्न गर्ने कम्पनीहरुलाई पुरस्कृत र नगर्नेलाई दण्डित गर्ने बताउनुभएको छ ।

शनिबार ललितपुर महानगरपालिका वडा नम्बर २७ र २२ जोड्ने नख्खु खोला पुलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख महर्जनले आयोजना निर्माणका क्रममा कामको गुणस्तर र समयमा ध्यान दिन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले आयोजना निर्माणका क्रममा सबै ठेकेदारहरुलाई बोलाएर आयोजनाहरु समयमै सम्पन्न गर्न र कामको गुणस्तरमा ध्यान दिन आग्रह गर्दै आएका छौँ । समयमै निर्माण सम्पन्न गर्ने ठेकेदार कम्पनीलाई पुरस्कृत र नगर्नेलाई दण्डित गर्छौँ ।’

प्राकृतिक विपद्हरु बाजा बजाएर नआउने उल्लेख गर्दै कामका क्रममा गुणस्तरमा ध्यान दिन जरुरी रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित