सोमबार, १७ असार २०८१
DainikNepal.com
सोमबार, १७ असार २०८१

रुसमा ३५ नेपालीको मृत्यु भइसक्यो, प्रधानमन्त्री र परराष्ट्रमन्त्री के गर्दै हुनुहुन्छ ? : थापा

दैनिक नेपाल २०८१ असार १५ गते १२:२२

काठमाडौं, १५ असार । राप्रपा नेपालका अध्यक्ष कमल थापाले रुसी सेनामा गएका ३५ नेपालीको मृत्यु भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई तपाईंहरु के गर्दै हुनुहुन्छ भन्दै प्रश्न गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले रुसी सेनामा अवैधरुपमा कार्यरत ३५ नेपालीहरूको मृत्यु भैसकेको, युक्रेनमा ६ नेपाली बन्दी बनाइएको र हमासले गाजामा १ नेपालीलाई बन्धक बनाएको छ तर, नेपाल सरकार निरिह र अकर्मण्य रहेको टिप्पणी गर्नुभएको छ ।

उहाँले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई तपाईंहरू के गर्दै हुनुहुन्छ ? भनेर प्रश्न गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित