मंगलबार, १८ असार २०८१
DainikNepal.com
मंगलबार, १८ असार २०८१

पहिरोले मध्यपहाडी राजमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

दैनिक नेपाल २०८१ असार १५ गते १२:३१

बागलुङ, १५ असार । गएराति भीषण वर्षासँगै खसेको पहिराले दुई वटा राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन् । मध्यपहाडी पुष्पलाल राजमार्ग र कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएका हुन् ।

कालीगण्डकी करिडोरअन्तर्गतको बागलुङ नगरपालिका-१० दव्ल्याङमा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिनुभयो ।

मध्यपहाडी राजमार्गअन्तर्गत बागलुङका विभिन्न स्थानमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।

मध्यपहाडी राजमार्गको काठेखोला गाउँपालिका-६ इनारपानी, गलकोट नगरपालिका-३ बतासे डाँडा, गलकोट नगरपालिका-९ गल्याङ र बडिगाड गाउँपालिका-२ हाँडीखोलामा पहिरोले रडक पूर्ण रूपले अवरुद्ध भएको छ ।

पहिरोका कारण बागलुङ-कुश्मीशेरा सडकको दव्ल्याङ खण्ड पनि अवरुद्ध भएको छ । बाटो खोल्ने प्रयास जारी रहेको सूचना अधिकारी यादवले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित