सोमबार, १७ असार २०८१
DainikNepal.com
सोमबार, १७ असार २०८१

गुटका कारण कम्युनिष्ट आन्दोलनलाई ठूलो धक्का लाग्यो : माधव नेपाल

दैनिक नेपाल २०८१ असार १५ गते १३:५१

काठमाडौं, १५ असार । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्ने संकल्पका साथ अगाडि बढेको बताउनुभएको छ ।

शनिबार नेकपा एसले १०औँ राष्ट्रिय महाधिवेशनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले विगतमा गुटका कारण कम्युनिष्ट आन्दोलनले ठूलो धक्का खाएको भन्दै अब एकताका साथ अगाडि बढ्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘गुटबन्दी नहोस्, नेताहरु मिलेर अगाडी बढ्नुहोस्, गुटले धेरै ठूलो क्षति पुर्‍याएको छ । विगतमा पनि गुटले गर्दा कम्युनिष्ट आन्दोलनले ठूलो धक्का खाएको थियो । त्यसैले आउँदो महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्ने संकल्पका साथ अगाडि बढेका छौँ । यसको साथै कम खर्चमा सहज तरिकाले सम्पन्न हुने हिसाबले अगाडि बढेका छौँ ।’

यसको साथै, उहाँले नेपालको राजनीति र कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद अत्यन्तै खतरनाक रुपमा देखा परेको भन्दै यस्तो प्रवृत्तिबाट पार्टीलाई जोगाउन र समाजवादको दिशामा अघि बढाउन आवश्यकता रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जोसँग आँट र संकल्प छैन् त्यसले केही गर्न सक्दैन् । यस अर्थमा हामीले नेपालको राजनीतिमा हाम्रो विशिष्ट स्थानलाई स्थापित गर्नुपर्ने आवश्यकता छ । अगाडि बढ्ने क्रममा कमि कमजोरीहरु हुन्छन् । त्यसलाई सुधार गर्नुपर्ने आवश्यकता पर्छ । यो नेपालको राजनीतिमा र कम्युनिष्ट आन्दोलनमा यो दक्षिणपन्ती अवसरवाद अत्यन्तै खतरनाक रुपमा देखा परेको छ । प्रवृत्तिबाट हाम्रो पार्टीलाई जोगाउनुपर्ने र समाजवादको दिशामा अघि बढाउनुपर्ने आवश्यकता छ ।’

नेकपा एस घटनाक्रमलाई निर्णायक मोड दिने, सक्रिय हस्तक्षेप गर्ने, नेपाली राजनीति दिशाबोध गर्ने क्षमता भएको पार्टी भन्दै यसले प्रत्येक चुनौतीको सफलताका साथ सामना गर्दै आएको पनि उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘नेपाली समाजमा ठूल ठूला उथलपुथलहरु भएका छन् । प्रत्येक घटनामा अत्यन्तै महत्वपूर्ण अग्रगामी भूमिका खेलेका छौँ । अगुवाई गरेका छौँ । सहभागी मात्र होइन्, नेतृत्व गरेका छौँ । नेकपा एकीकृत समाजवादी अन्यजस्तो साधारण पार्टीको रुपमा होइन, त्यतिकै घटना क्रममा सहभागी हुने पार्टी होइन् । घटनाक्रमलाई निर्णायक मोड दिने, सक्रिय हस्तक्षेप गर्ने, नेपाली राजनीति दिशाबोध गर्ने त्यो क्षमताको साथै पार्टी अगाडि बढ्दै आएको छ । प्रत्येक चुनौतीको सफलताका साथ सामना गरेका छौँ ।’

प्रतिक्रिया
सम्बन्धित