सोमबार, १७ असार २०८१
DainikNepal.com
सोमबार, १७ असार २०८१

डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

दैनिक नेपाल २०८१ असार १५ गते १४:०२

डोटी, १५ असार । डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सायल गाउँपालिकामा निर्माणाधीन अस्पताल भवनको लागि आवश्यक सामग्री पुर्‍याएर फर्किँदै गर्दा से २ त १७६० नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

सायल-४ डौडमा आज भएको दुर्घटनामा कृष्णपुर नगरपालिका-२ झलारी कञ्चनपुरका ४६ वर्षीय रामकृष्ण डगौराको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित