सोमबार, १७ असार २०८१
DainikNepal.com
सोमबार, १७ असार २०८१

पुष्पलाललाई राष्ट्रिय विभूति घोषणा गर्न विप्लवको प्रस्ताव

दैनिक नेपाल २०८१ असार १५ गते १७:५२

काठमाडौं, १५ असार । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले स्वर्गीय पुष्पलाल श्रेष्ठलाई राष्ट्रिय विभूति घोषणा गर्न सबैको एकमत रहेको बताउनुभएको छ ।

शनिबार पुष्पलाल जन्म शताब्दीको अवसरमा आयोजित कार्यक्रममा उहाँले पुष्पलाल एउटा इमान्दार कम्युनिष्ट नेता र संस्थापक भएको भन्दै उहाँलाई राष्ट्रिय विभूति घोषणा गर्न मिल्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पुष्पलाल नेपाल एउटा इमान्दार कम्युनिष्ट नेता र संस्थापक हो । यसको साथै उहाँ नेपालको राजनीतिक आन्दोलनको एउटा विभूति हो भन्नेमा हामी सबै सहमत भएका छौँ । यहाँ सबैको उपस्थिती रहेको हुँदा पुष्पलाललाई राष्ट्रिय विभूति भन्नु उचित हुन्छ भन्नेमा हाम्रो पार्टीको समर्थन गर्न चहान्छु ।’

यसको साथै, उहाँले पुष्पलालले आजीवन निरन्तर नेपाली जनता र राष्ट्रको पक्षमा योगदान पुर्‍याएको भन्दै नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको रक्षा गर्नको लागि उहाँको ठूलो योगदान रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सामन्तवादको विरुद्ध र साम्राज्यवादी शक्तिहरुको विरुद्धमा गरेर यो दुईवटा संघर्षमा पुष्पलालले आजीवन निरन्तर नेपाली जनता र राष्ट्रको पक्षमा योगदान पुर्‍याउनु भएको छ । वैचारिक संघर्षमा पुष्पलालले विभिन्न थरी विसर्जनवादको विरुद्धमा झण्डा उठाउनुभएको छ र लड्नुभएको छ । नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको रक्षा गर्नको लागि योगदान गर्नुभयो ।’

प्रतिक्रिया
सम्बन्धित