सोमबार, १७ असार २०८१
DainikNepal.com
सोमबार, १७ असार २०८१

बाबुराम भट्टराई भन्छन्- संविधान अपुरो हुनुमा माओवादी सरकार जिम्मेवार

दैनिक नेपाल २०८१ असार १५ गते १९:३७

काठमाडौं, १५ असार । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले तत्कालीन माओवादी सरकारले संविधान बनाउन नसक्दा संविधान अपुरो भएको टिप्पणी गर्नुभएको छ ।

शनिबार एन्टिथेसिस पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले अपुरो संविधान बनेकै कारण कार्यान्वयनमा जटिलता आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘माओवादीले संविधान बनाउन पाएको भए योभन्दा राम्रो बन्थ्यो । हामी अझै १५, २० वर्षसम्म जान सक्थ्यौँ । तत्कालीन माओवादी सरकारले संविधान निर्माण गर्न नसक्दा संविधान अपुरा बन्यो । अपुरो संविधान छ । संविधान अुनसारका कानून बनेका छैनन् ।’

अपुरो संविधान बनेकै कारण प्रर्याप्त कानून बनाउन नसकिएको उहाँको भनाइ छ । कम्युनिष्ट पार्टीहरुले लामो समय सरकार चलाएको भएपनि परराष्ट्र नीति र शिक्षा नीति बनाउन नसकेको भट्टराईको आरोप छ ।

उहाँले भन्नुभयो, ‘परराष्ट्र नीति हामीले परिवर्तन गर्न सकेका छैनौँ । शिक्षा नीति बनिसकेको छैन् । त्यसो हुँदा संविधान कार्यान्वयन गर्न सकिरहेको छैन् । आर्थिकका सवालमा खु्ला सिमाना भएको भारतसँग कुरै गर्दैनौँ, उद्योगधन्दाहरु उहिल्लै चौपट भइसकेका छन् । पहिलो उद्योग क्षेत्र मर्‍यो, अहिले कृषि क्षेत्र चौपट हुँदैछ । त्यसैले अहिले युवाहरु पलायन भइरहेका छन् । अनि सरकारले यो देशमा यति कर्मचारी पठाए भनेर समाचार छाप्न लगाउँछ । यही हो बामपन्थी सरकार, यही हो माओवादी सरकार ? म कसैलाई व्यक्तिगत दोष दिन चाहन्न तर यो संरचनात्मक समस्याहरु हुन् ।’

प्रतिक्रिया
सम्बन्धित