सोमबार, १७ असार २०८१
DainikNepal.com
सोमबार, १७ असार २०८१

केजरीवाल जुलाई १२ सम्म न्यायिक हिरासतमा

दैनिक नेपाल २०८१ असार १५ गते १९:४२

काठमाडौं, १५ असार । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई दिल्लीको राउज एभिन्यू अदालतले जुलाई १२ सम्म न्यायिक हिरासतमा पठाएको छ ।

बुधबार सीबीआईले रक्सी नीति सम्बन्धी कथित घोटालामा सोधपुछ गरेपछि केजरीवाललाई तिहाड जेलबाट पक्राउ गरेको थियो । बुधबार राउज एभिन्यू अदालतका विशेष न्यायाधीश अमिताभ रावतले सीबीआईलाई उहाँलाई पक्राउ गर्न अनुमति दिनुभएको थियो ।

पक्राउपछि सीबीआईले केजरीवालको रिमाण्ड अदालतसँग मागेको थियो । अदालतले सीबीआईलाई ३ दिन हिरासतमा पठाएको थियो ।

आज अर्थात शनिबार केजरीवालको सीबीआई रिमाण्ड सकिएपछि अदालतले उहाँलाई न्यायिक हिरासतमा पठाएको हो ।

केजरीवाललाई यसअघि मार्च २१ मा कथित रक्सी नीति घोटालासँग सम्बन्धित मनी लान्ड्रिंग मुद्दामा ईडीले गिरफ्तार गरेको थियो ।

राउज एभिन्यू अदालतले केजरीवाललाई जुन २० मा यस मुद्दामा जमानत दिएको थियो । तर ईडीले ट्रायल कोर्टको यो निर्णयलाई दिल्ली उच्च अदालतमा चुनौती दिएको थियो, त्यसपछि उच्च अदालतले केजरीवालको जमानतमा रोक लगाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित