सोमबार, १७ असार २०८१
DainikNepal.com
सोमबार, १७ असार २०८१

एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

दैनिक नेपाल २०८१ असार १५ गते २०:१८

काठमाडौं, १५ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

शनिबार अपरान्ह अध्यक्ष ओली निवास बालकोट पुग्नुभएका देउवाले ओलीसँग समसामयिक विषयमा छलफल गरेको बताइएको छ ।

देउवासँगै ओली निवासमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएको देउवा पत्नी आरजु राणा पनि पुग्नुभएको थियो ।

सत्ता समीकरणमा विभिन्न विषयमा विवाद बढिरहेको बेला देउवा र ओलीबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित