मंगलबार, १८ असार २०८१
DainikNepal.com
मंगलबार, १८ असार २०८१

भारतले जित्यो टी-२० विश्वकपको उपाधि

दैनिक नेपाल २०८१ असार १६ गते ६:०२

काठमाडौं, १६ असार । भारतले टी-२० विश्वकपको उपाधि जितेको छ । शनिबार राति भएको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै विश्वकपको उपाधि जितेको हो ।

भारतले दिएको १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाउँदै १६९ रन बनाएको थियो ।

यसअघि भारतले टस जितेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १७६ रन बनाएको थियो ।

योसहित भारतले दोस्रो पटक टी-२० विश्वकपको उपाधि जितेको हो । यसअघि भारतले २००७ मा पहिलो टी-२० विश्वकप जितेको थियो ।

त्यस्तै, पहिलो पटक फाइनलमा पुगेको दक्षिण अफ्रिका भने उपविजेता बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित