मंगलबार, १८ असार २०८१
DainikNepal.com
मंगलबार, १८ असार २०८१

नेकपा एसको राष्ट्रिय महाधिवेशन आजदेखि

दैनिक नेपाल २०८१ असार १६ गते ६:४६

काठमाडौं, १६ असार । नेकपा (एकीकृत समाजवादी)को दशौं राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुने भएको छ ।

बिहीबारसम काठमाडौंको प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने यस महाधिवेशनमा विभिन्न तीन वटा प्रतिवेदनहरु प्रस्तुत गरिने बताइएको छ । महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र सांगठनिक प्रतिवेदनमा छलफल हुने पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताउनुभयो । महाधिवेशनमा प्रस्तुत गरिने आवश्यक दस्तावेज तयार भइसकेको उहाँले बताउनुभयो ।

महाधिवेशनमा एक हजार आठ सय ४९ प्रतिनिधिले भाग लिनेछन् । ती प्रतिनिधिले दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन गर्नेछन् । महाधिवेशनस्थल आसपासमा उनीहरूलाई आवासको व्यवस्था मिलाइएको छ भने प्रतिनिधिलाई महाधिवेशनस्थलभित्रै खानाको व्यवस्था गरिएको छ ।

करिब तीन वर्षअघि गठन गरिएको पार्टीले आसन्न महाधिवेशनलाई दशौँ राष्ट्रिय महाधिवेशनका रुपमा दाबी गरेको छ । एकीकृत समाजवादीले एमालेमा रहँदा हालसम्म सम्पन्न भएका नौ अधिवेशनको स्वामित्व लिएर अहिलेको राष्ट्रिय अधिवेशनलाई दशौं मानेको हो ।

प्रतिक्रिया
सम्बन्धित