मंगलबार, १८ असार २०८१
DainikNepal.com
मंगलबार, १८ असार २०८१

कोपा अमेरिका : अर्जेन्टिना क्वाटरफाइनल प्रवेश

दैनिक नेपाल २०८१ असार १६ गते ९:५४

काठमाडौं, १६ असार । कोपा अमेरिका फुटबलमा अर्जेन्टिना शतप्रतिशत जीतका साथ क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार बिहान भएको समूह ‘ए’को खेलमा अर्जेन्टिनाले पेरुलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

स्टार खेलाडी लियोनल मेस्सीलाई विश्राम दिइएको खेलमा अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले दुवै गोल गरेका हुन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ४७औं मिनेटमा मार्टिनेजेल एन्जल डी मारियाको पासमा गोल गर्दै अग्रता दिलाए । ७२औं मिनेटमा लियोनार्दो परेडेसले पेनाल्टीमा गोल गर्न चुक्दा अर्जेन्टिनाले अग्रता दोब्बर बनाउन असफल भएको थियो ।

८६औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दा अर्जेन्टिनाले अग्रता पनि दोब्बर बनाएको थियो ।

यही समूह ‘ए’बाट क्यनाडाले पनि अन्तिम ८ मा स्थान बनाएको छ । क्यानडाले चिलीसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेपछि दोस्रो स्थानमा रहेर क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

शीर्ष स्थानमा रहेको अर्जेन्टिनाका ९ अंक हुँदा क्यानडाको चार अंक रहेको छ ।

यसैगरी चिली २ अंकका साथ तेस्रो तथा पेरु १ अंकका साथ चौथो स्थानमा रहेर प्रतियोगिताबाट बाहिरिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित