मंगलबार, १८ असार २०८१
DainikNepal.com
मंगलबार, १८ असार २०८१

लिखु तामकोशीको खिम्तीका किसानलाई अनुदानमा कृषि उपकरण

दैनिक नेपाल २०८१ असार १६ गते १०:२५

रामेछाप, १६ असार । रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ का किसानलाई अनुदानमा कृषि उपकरण वितरण गरिएको छ ।

गाउँपालिकाको ५ प्रतिशत अनुदान सहयोगमा वडाका किसानलाई १३ वटा मिनिटिलर (जोत्ने हाते ट्याक्टर) वितरण गरिएको छ । त्यसैगरी, तीन वटा धान झार्ने थ्रेसर मेसिन, चार वटा पिसानी मिल, पाँच वटा मकै छडाउने मेसिन पनि किसानलाई वितरण गरिएको छ ।

वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष शिवप्रसाद न्यौपानेले किसानहरूलाई ती सामाग्री वितरण गर्नुभएको हो । कृषिमा यान्त्रिकरण कार्यक्रमअन्तर्गत उपकरण वितरण गरिएको बताउँदै न्यौपानेले यसबाट किसानको श्रम कम हुन गई कृषि उत्पादनमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

यसैगरी, गाउँपालिकाको ५० प्रतिशत अनुदानमा यस वडाका किसान नारायणबहादुर थापा मगरलाई तरकारी खेतीको लागि हाइटेक प्रविधिको टनेल प्रदान गरिएको छ । टनेल निर्माणको लागि गाउँपालिकाले २ लाख रुपैँया आर्थिक सहयोग गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित