मंगलबार, १८ असार २०८१
DainikNepal.com
मंगलबार, १८ असार २०८१

युरोकपमा आज स्पेन र जर्जिया भिड्दै

दैनिक नेपाल २०८१ असार १६ गते १०:३४

काठमाडौं, १६ असार । जारी युरोकपअन्तर्गत आज स्पेन र जर्जियाबीच खेल हुँदैछ । यो खेल नेपाली समयअनुसार राति १२ः४५ बजे देखि सुरु हुँदैछ ।

समूह ‘बी’मा रहेको स्पेनले समूह चरणका सबै खेल जितेर ९ अंकसहित शीर्ष स्थानमा रहेर नकआउट चरणमा पुगेको छ ।

त्यस्तै, जर्जियाले समूह चरणमा ३ खेलमा ४ अंक हासिल गरेर तेस्रो हुँदै नकआउट चरणमा पुगेको छ ।

स्पेनले समूह चरणको पहिलो खेलमा क्रोसियालाई ३-० ले, दोस्रो खेलमा इटालीलाई १-० ले र तेस्रो खेलमा अल्बानियालाई १-० ले पराजित गरेको थियो ।

त्यस्तै, जर्जिया पहिलो खेलमा टर्कीसँग ३-१ ले पराजित भएको थियो भने दोस्रो खेलमा चेक रिपब्लिकसँग १-१ गोलको बराबरी खेलेको थियो । त्यस्तै, तेस्रो तथा अन्तिम खेलमा पोर्चुगललाई २-० ले पराजित गरेको थियो ।

स्पेनले अहिलेसम्म तीन पटक युरोकपको उपाधि जितेको छ । स्पेनले १९६४, २००८ र २०१२ मा युरोकपको उपाधि जितेको थियो ।

त्यस्तै, स्पेन १९८४ मा उपविजेता बनेको थियो । अर्कोतर्फ जर्जिया भने पहिलो पटक युरोकप खेलिरहेको छ र नकआउट चरणमा पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित