मंगलबार, १८ असार २०८१
DainikNepal.com
मंगलबार, १८ असार २०८१

यस्तो छ ‘कलेजी कटाउन्या माया’को नयाँ भर्जन

दैनिक नेपाल २०८१ असार १६ गते ११:२३

काठमाडौं, १६ असार । मोडल कविता न्यौपाने, जोन बम र चक्र बम अभिनित नयाँ गीत ‘कलेजी कटाउन्या माया’सार्वजनिक भएको छ ।

नेपमेलोको प्रस्तुतिमा तयार भएको गीत शनिबार नेपमेलोकै आधिकारिक युट्युव च्यानल ‘नेपमेलो’बाट सार्वजनिक गरिएको हो ।

भिडियोमा कविता, जोन र चक्रको हृदयस्पर्सी प्रेम र बिछोडको कथा छ । लामो समयदेखि सक्रिय रही काम गर्दै आइरहनुभएकी मोडल कविता न्यौपानेले म्यूजिक भिडियोको दुनियाँमा आफ्नो छुट्टै छाप छाड्नुभएको छ । उहाँले अहिलेसम्म थुप्रै चल्तीका कलाकारसँग दर्जनौं म्युजिक भिडियोहरुमा काम गरिसक्नुभएको छ । ‘कलेजी कटाउन्या माया’ मा पनि कविताले साच्चिकै लोभलाग्दो र प्रशंसायोग्य काम गर्नुभएको छ ।

त्यस्तै, जोन र चक्र बम पनि अहिलेका चर्चित मोडल हुनुहुन्छ । चक्र भने मोडलसँगसँगै गायनमा पनि सक्रिय हुनुहुन्छ ।

गायकद्वय महेश कुमार औजी र बादल थापाको स्वर रहेको गीत र भिडियो राम्रो बनेको छ । भिडियोमा कलाकारहरुको काम तारिफयोग्य छ । गीत आजभन्दा करिब १० वर्ष अगाडि गायक तथा संगीतकार महेशकुमार औजीले बजारमा ल्याउनुभएको थियो । सार्वजनिक भएपछि गीतको खुबै चर्चा भयो । विशेषगरी, सुदुरपश्चिमका नौ जिल्लाहरुमा यो गीतले धेरै नै चर्चा कमाएको थियो । गीतले दर्शकको अपार सफलता र माया पाएपछि गायक औजी र थापाले सोही गीतलाई अहिले नयाँ भर्जनमा ल्याउनुभएको हो ।

गीतमा शब्द र संगीत महेश स्वयंले भर्नुभएको छ । गीतलाई पनि दर्शकले मन पराउने र उस्तै साथ दिनेमा महेश र बादल विश्वस्त हुनुहुन्छ ।

कमल सौरागको एरेन्ज रहेको गीतको भिडियोमा कलाकारदेखि निर्माण टिमको मेहेनत झल्किन्छ । निर्माण टिमका अनुसार भिडियो दुई दिनको यात्रा तय गरेर ढोरपाटन आरक्षण भित्र खिचिएको हो ।

भिडियोको सम्पादन र कलरिङ मिलन विश्वकर्माले गर्नुभएको छ । भिडियोको निर्देशन भने पछिल्लो समयका व्यस्त निर्देशक शान थापाले गर्नुभएको छ । भिडियोको कन्सेप्ट पनि शानकै हो । निर्देशनमा शानलाई राजीव समरले असिस्ट गर्नुभएको छ ।

त्यसैगरी, मारुनी स्टुडियोमा रेकर्ड गरिएको गीतमा कुमार रानाको मिक्सिङ तथा मास्टरिङ, सरिता मगरको मेकअप, अनुस्का डिसीको पहिरन, टौवा क्रियसनको पोस्ट डिजाईन र बुद्ध थापाको सिनेमाटोग्राफी छ ।

प्रतिक्रिया
सम्बन्धित