मंगलबार, १८ असार २०८१
DainikNepal.com
मंगलबार, १८ असार २०८१

एसइई : मकवानपुरका १६ विद्यालयको नतिजा शून्य

दैनिक नेपाल २०८१ असार १६ गते ११:३४

हेटौंडा, १६ असार । मकवानपुर जिल्लाको २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजामा चिन्ताजनक स्थिति देखिएको छ । जिल्लाका १६ वटा विद्यालयहरूमा एसइई नतिजा शून्य रहेको छ जसमध्ये अधिकांश ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरू रहेका छन् ।

विशेष गरी कैलाश गाउँपालिकाको स्थिति गम्भीर देखिएको छ । यहाँका एक सय ९९ विद्यार्थीमध्ये केवल ११ जना मात्र उत्तीर्ण भएका छन् । कालीदेवी मावि र रत्न ज्योती माविमा त एक जना पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन् ।

जिल्लाका ९ वटा पालिकाका १५ वटा सामुदायिक माध्यमिक विद्यालय र हेटौंडा उपमहानगरपालिकाको एक संस्थागत विद्यालयको नतिजा शून्य आएको छ । यस्तो परिणामले ग्रामीण क्षेत्रमा सञ्चालित ११ कक्षाको पढाइमासमेत असर पर्ने देखिएको छ ।

समग्रमा, मकवानपुर जिल्लाबाट एसइईमा सहभागी ५,७५२ परीक्षार्थीमध्ये २,०९८ जना (३६.४७ प्रतिशत) मात्र ११ कक्षा भर्ना हुन योग्य भएका छन् । यो तथ्यांकले जिल्लाको शैक्षिक गुणस्तरमा सुधार गर्नुपर्ने आवश्यकता रहेको देखाउँछ ।

प्रतिक्रिया
सम्बन्धित