मंगलबार, १८ असार २०८१
DainikNepal.com
मंगलबार, १८ असार २०८१

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

दैनिक नेपाल २०८१ असार १६ गते १२:३९

काठमाडौं, १६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

उहाँहरूबीच प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो । उहाँहरूबीच समसामयिक विषयमा वस्तुमा छलफल भएको बताइएको छ ।

यसअघि हिजो अध्यक्ष ओली र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच बालकोटमा लामो छलफल भएको थियो । उहाँहरूबीचको छलफललाई अर्थपूर्णरूपमा हेरिएको छ ।

ओली र देउवाबीच छलफल भएको भोलिपल्टै प्रचण्ड र ओलीबीच छलफल भएको हो ।

प्रतिक्रिया
सम्बन्धित