मंगलबार, १८ असार २०८१
DainikNepal.com
मंगलबार, १८ असार २०८१

लालिगुराँस सहकारीका अध्यक्ष र कोषाध्यक्षसहित चारजना पक्राउ

दैनिक नेपाल २०८१ असार १६ गते १३:३०

काठमाडौं, १६ असार । बचतकर्ताको बचत हिनामिना गरेको आरोपमा प्रहरीले ललितपुरको लालिगुँरास सहकारीका अध्यक्ष सहित चारजनालाई पक्राउ गरेको छ ।

सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ र कोषाध्यक्ष अमृतकुमार अर्याललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । यसअघि शुक्रबार प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी पक्राउ पर्नु भएको थियो ।

काठमाडौं महानगरपालिका वडा नम्बर १३ घर भई चुनदेवी बस्ने सहकारीका अध्यक्ष ७६ वर्षीय अमरदास श्रेष्ठ, गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर २ घर भई ललितपुर २५ भैसेपाटी बस्ने ४६ वर्षीय प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, सहकारीका कोषाध्यक्ष लाजिम्पाटका ७५ वर्षीय अमृतकुमार अर्याल र संस्थाका सदस्य ललितपुर महानगर ११ का ६१ वर्षीय कदमबाबा जोशी प्रधानलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।

उनीहरूले बचतकर्ताको तीन करोड रुपैयाँ बचत रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित