मंगलबार, १८ असार २०८१
DainikNepal.com
मंगलबार, १८ असार २०८१

प्रचण्ड, ओली र रवीबीच सिंहदरबार छलफल

दैनिक नेपाल २०८१ असार १६ गते १४:१७

काठमाडौं, १६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्रीसमेत रहनु भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच सिंहदरबारमा छलफल भएको छ ।

प्रधानमन्त्री र ओलीबीच छलफल चलिरहँदा रवि पनि मिसिनु भएको थियो । उहाँहरूबीच समासामायिक विषयमा छलफल भएको बताइएको छ ।

यसअघि हिजो एमाले अध्यक्ष ओली र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच ओली निवास बालकोटमा लामो छलफल भएपछि माओवादी लगायत पार्टीमा तरंग छाएको छ ।

प्रतिक्रिया
सम्बन्धित