बुधबार, १९ असार २०८१
DainikNepal.com
बुधबार, १९ असार २०८१

एनआईसी एशिया बैंकको मास्टरकार्ड सेवा सुरु

दैनिक नेपाल २०८१ असार १६ गते १८:५९

काठमाडौं, १६ असार । एनआईसी एशिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ मास्टरकार्ड सेवा शुभारम्भ गरेको छ ।

आइतबार पोखरामा आयोजित विशेष कार्यक्रमकाबीच सेवा शुभारम्भ गरिएको हो । डेबिट कार्डको रुपमा प्रयोग गर्न सकिने मास्टरकार्ड बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट ग्राहकहरुले प्राप्त गर्न सक्नेछन् । जसमा अत्याधुनिक सुरक्षा प्रविधि (ईएमभी चिप) तथा अत्याधुनिक कन्ट्याक्टलेस प्रविधिसमेत प्रयोग गरिएको छ । यस कार्डमार्फत ग्राहकहरुले नेपाल, भारत र भुटानबाट एटीएम विथड्रोको साथमा पीओएस तथा ई–कमर्श भुक्तानीलगायतको सुविधा उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।

‘डिजिटल फष्ट’ बैंकको रुपमा आफूलाई स्थापित गर्न लागिरहेको बैंक र विश्वविख्यात मास्टरकार्डबीचको यो सहकार्यले नेपालको बैंकिङ्ग क्षेत्रलाई थप उचाइमा पुर्‍याउन ठोस योगदान दिने बैंकले विश्वास लिएको छ । कार्ड बैंकिङ्ग सेवा प्रदायकको रुपमा मुलुकका अग्रणी वाणिज्य बैंकको रुपमा रहेको एनआईसी एशिया बैंकले हालसम्म भिसा कार्डबाट सेवा प्रदान गरिरहेको थियो ।

एनआईसी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित